हुलाकी न्यूज,काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम र सूर्य चिह्न आफ्नै समूहले पाउने दाबी गरेका छन् । गण्डकी प्रदेशद्वारा आयोजित बृहत् कार्यकर्ता भेलामा उनले निर्वाचन आयोग पुगेर यस विषयमा कुराकानी गरेको र आफ्नो समूहमा बहुमत केन्द्रीय सदस्य रहेकाले नेकपाको नाम र सूर्य चिह्न आफ्नो समूहले पाउने दाबी गरेका हुन् ।

उनले भने, ‘हामीसँग सत्तरी प्रतिशत केन्द्रीय सदस्य छन् । राजनीतिक दलसम्बन्धी कानुनअनुसार नेकपाको नाम र सूर्य चिह्न हाम्रै हुन्छ ।’ उनले निर्वाचन आयोगले नेकपा आधिकारिताका विषयमा निष्पक्ष छानबिन गरेर आफ्नो समूहलाई नाम र सूर्य चिह्न दिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.