हुलाकी न्यूज,काठमाडौं :काठमाडौंको रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन्।
आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन्। आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा प्रहरीले उनलाई कलेजबाटै सोमबार पक्राउ गरेको हो।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिँसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए।



