हुलाकी न्यूज,काठमाडौँ :कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको भारतीय सिमा नाका सरकारले खोल्ने तयारी गरेको छ ।महामारीको जोखिम कम भएपछि सरकारले चाँडै सिमानाका खोल्ने तयारी गरेको हो।

‘सीमा नाका बन्दले मधेसमा विवाह, गाडी आउजाउ, किनमेललगायतको समस्या र चिन्ता छ, यसलाई म यहाँबाट जाने बित्तिकै प्रधानमन्त्रीलाई कुरा गरेर सीमा नाका खुलाउँछु,’ उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने, सीसीएमसीको प्रमुखको हैसियतले बैठक बसेर नाका खोल्ने निर्णय गर्छु ।’बारामा नेकपाको भेला कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सीमा नाका खेलाउन सोमबारै गृह सचिवसित आफूले कुरा गरेको उनले बताए । सीमा खोलिँदा सचेतना भने कायम राख्न आग्रह गरे ।‘कोभिडले कुनै कर्मचारी र समुदाय नछोड्ने भएकाले सीमा नाका खुलेपनि सचेतना अपनाई राख्नुपर्छ,’ उनले भने ।बारा जिल्लाका सिम्रौनगढ र मटिअर्वा नाकासमेत खोलिने उनले आश्वासन दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.