हुलाकी न्यूज,काठमाडौँ : झापाको दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा आगलागी भएको छ। आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार गएराति शिविरमा आगलागी भएको हो। आगलागीमा परेर शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राईको मृत्यु भएको हो। उनी पक्षघातका बिरामी थिए।

बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका उनको घटनास्थल मै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले बताए।

आगलागीबाट छाप्रासँगै एक तोला सुन, १० तोला चाँदी, नगद तीन लाखसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा नष्ट भएको छ। करिब आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.