हुलाकी न्यूज,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकीबीच समस्यारहित सम्बन्ध नेपालले चाहेको बताएका छन्।

भारतीय सञ्चारमाध्यम जी न्यूजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौमिकतामा दुबै देश बराबरी हुने बताएका हुन्।

ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए।

ओलीले भारत र चीनबीच सम्बन्ध सुमधुर बनाउन आफूले मध्यस्थता गर्न सक्ने भन्दै ओलीले आफू सी जिनपिङ र मोदीसँग पनि कुरा गर्न सक्ने र त्यसको लागि तयार रहेको बताए।

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने समेत बताए । प्रधानमन्त्री ओलीले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदी र चिनियाँ राष्ट्रपति सी जिनपिङकाको साथी भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.