हुलाकी न्यूज,जनकपुरधाम :  कोरोना संक्रमितको उपचारमा जनकपुरधामस्थित कोरोना विशेष अस्पतालमा खटेका करार सेवाका कर्मचारीहरुले तलबभत्ताको माग गर्दै प्रादेशिक अस्पताल परिसर भित्र प्रदशन गरेका छन्।

संक्रमितको उपचारमा जेठ महिनादेखि नै काम गर्दै आएका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीहरुलाई अहिलेसम्म तलबभत्ता नदिएको भन्दै प्रादेशिक अस्पताल परिषरमा उनीहरुले धर्ना दिएका हुन् ।अस्पतालको सेवा प्रभावित नहुने गरि विगत ५ महिनाको भत्ता र १ महिनाको तलब यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग गर्दै आफूहरुले बाध्यताबस धर्ना दिएको कर्मचारीहरुले बता ।तलबभत्ता भुक्तानी नै नगरि आफूहरुलाई पुष ५ गतेदेखि अस्पताल प्रशासनले काममा आउन रोक लगाएको र बक्यौता रकम माग्दा कुनै सुनुवाई नगरिएकोले धर्नामा बसेको उनीहरुले बताए ।

हालसम्म अस्पतालको सेवामा असर नपर्नेगरि आन्दोलन जारी राखिएको र आगामी दिनमा आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा कर्मचारीहरुबीच छलफल भइरहेको छ । कोरोना विशेष अस्पतालमा खटेका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीसहित १०२ जना करार सेवाका कर्मचारीहरु आन्दोलनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.