अपडेट : वीरगंज रक्सौल नाकाको नो मैन्स ल्याण्डमा प्रहरीले चलाएको गोली लागि एकको मृत्यु भएको छ । मृतकको नाम खुल्न सकेको छैन । दशगजा क्षेत्रबाट मृतकको शव वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । उनको टाउकोमा गोली लागेको र आधा खप्पर उडेको अस्पताल स्रोतले जनाएको छ ।

नाका स्थल मैत्री पुलबाट गोली लागेका अन्य पाँच जना घाईते पनि उपक्षेत्रीय अस्पताल ल्याइएको अस्पतालका चिकित्सक डा. मो. एनामुल हकले जनाएका छन् ।

हुलाकी न्यूज, वीरगंज, १६ कार्तिक । वीरगंज रक्सौल नाकामा रहेको शंकराचार्य गेटनजिकै प्रहरीले गोली चलाएको छ । प्रहरीको गोलीले एक जना प्रदर्शनकारीको मृत्यु भएको आशंका गरिएको छ । घटनाको पुष्टि हुन बाँकी छ ।

यो पनि पढ्नुहोस सुतिरहेका प्रदर्शनकारीमाथि प्रहरीको आक्रमण, जिउँदै जलाउने प्रयास

नो मैन्स ल्याण्डमा प्रहरीले मेटल बुलेट ७ राउण्ड जति प्रहार गरेको स्थानीय प्रदर्शनकारीले बताएका छन् । घटनामा भएको वास्तविक क्षति र हाताहातिको पूर्ण विवरण आउन बाँकी छ ।

1 COMMENT

  1. ए तपाईहरुले पारि पट्टि SSB को छतमा चडेर मातृभुमिमा ढूंगा हान्दा चाहि केहि नहुने अनि देशको रक्षा गर्ने प्रहरीले टियर ग्यास र गोलि प्रहार गर्दा चाहि यत्रो चर्चा वाह नेपाली भनाउ्दाहरु!!!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.