हुलाकी न्यूज,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षका विद्यार्थी संगठन(अनेरास्ववियु)ले प्रदर्शन गरेको छ।

आइतबार काठमाडौंको माइतीघरमा विद्यार्थीहरुले ओलीलाई गणतन्त्र विरोधीको संज्ञना दिँदै उनको विरोधमा बयलगाडा प्रदर्शन गरेका हुन् भने सो क्रममा प्रहरीले हस्तक्षेप गरेको छ। त्यसक्रममा प्रहरी र विद्यार्थीहरुबीच घम्साघम्सी भएको थियो।
जनआन्दोलनका बेला ओलीले ‘गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो’ भनेका थिए। सोही अभिव्यक्तिको व्याङ्ग्य गर्न अनेरास्ववियूले आइतबार राजधानीसहित देशका विभिन्न स्थानमा बयलगाडा प्रदर्शन गरेको हो।

प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले लगातार आन्दोलन गरिरहेको छ । माइतीघरमा बयलगाडा प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले मर्ने बेलामा कमिलाको प्वाख पलाएजस्तै ओलीले पनि सत्ताच्युत हुनेबेलामा संसद विघटन गरेर सत्ता टिकाउन खोजेपनि त्यो सम्भव नहुने बताए ।

सो क्रममा अनेरास्ववियुले ओलीको पुत्ला समेत दहन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.