हुलाकी न्यूज,सिरहा : स्रोत नखुलेको करिब ३१ लाख ८९ हजार रुपैयाँसहित सिरहाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सिरहा नगरपालिका २१ बाट उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका २२ हकपाराका ३९ वर्षीय शिवनाथ यादव रहेको छ ।
यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद भएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।पक्राउ परेका यादवलाई उक्त रकमसहित आवश्यक कारबाहीका लागि सम्पती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको उनले बताएकाे छ ।