हुलाकी न्यूज,काठमाडौँ : सन् २०१९ को सबैभन्दा ठूलो हिट चलचित्र ‘वार’पछि ऋतिक रोशन पुनः यस्तै एक्सन चलचित्र ‘फाइटर’मा देखिने भएका छन् ।

यस चलचित्रमा ऋतिकसँग अभिनेत्री दीपिका पादुकोण पर्दामा जोडीका रुपमा देखिँदै छन् । चलचित्रमा अभिनेता रोशनले एयरफोर्स अफिसरको भूमिका निभाउँदै छन् । दीपिकाको भूमिकाबारे भने गोप्य राखिएको छ । तर, चलचित्रमा दुवैको भूमिका एक्सनले भरिने अनुमान गरिएको छ ।

सिद्धार्थ आन्नदको निर्देशन रहने यस चलचित्र २०२१ को डिसेम्बरदेखि छायाँकनमा जाने उल्लेख गरिएको छ ।

दर्शकहरुले लामो समयदेखि ऋतिक र दीपिकाको सहकार्य हेर्न चाहिरहेकोमा निर्देशक सिद्धार्थले पूरा गरिदिएका छन् । यो चलचित्र २०२२ को ठूलो हिट चलचित्र हुने अनुमान अहिले नै गर्न थालिएको छ । बलिउड हंगामाबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.