हुलाकी न्यूज,काठमाडौँ : सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ। राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिए।

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । ‘यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन्। जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ,’ ओलीले भने।



