हुलाकी न्यूज,काठमाडौँ : केही दिनअघिसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्वीटरमा सबैभन्दा बढी फलोअर्स भएका राजनेताको रुपमा स्थापित थिए।
ट्रम्पको निजी एकाउन्टलाई ८८.७ मिलियनले फलो गरेका थिए। विश्वमा सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय नेताहरुको लिस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो नम्बरमा थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई ६४.७ मिलियनले फलो गरेका छन्।यसैबीच अमेरिकाका राष्ट्रपति ट्रम्पको ट्वीटर एकाउन्ट डिलिट हुनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै मेहनत नै बिना एउटा रेकर्ड प्राप्त भएको छ।
भारतीय प्रधानमन्त्री मोदी अहिले विश्वमा ट्वीटरमा सबैभन्दा धेरै फलो गरिने राजनेता बनेका छन् ।
केहि दिन अगाडिसम्म यो रेकर्डमा अमेरिकाका राष्ट्रपति ट्रम्पको नाम रहेको थियो ।
तर अमेरिकी संसदमा आफ्नो समर्थकहरुलाई हिंसा भडकाएको आरोपमा माइक्रो ब्लगिङ प्लेटफर्म ट्वीटरले संसारको सबैभन्दा शक्तिशाली राष्ट्रपतिको ट्वीटर एकाउन्ट सस्पेन्ड गरिदिएको छ ।
अमेरिकाका राष्ट्रपति ट्रम्पको ट्वीटर सधैंका लागि बन्द गर्नु अगाडि उनका ट्वीटहरु ब्लक गरिदिएको थियो ।
त्यसपछि उनको ट्वीटर सधैका लागि सस्पेन्ड गरिएको थियो ।राष्ट्रपति ट्रम्पले आफ्नो एकाउन्टको प्रयोग हिंसा भड्काउनका लागि गर्न सक्ने भएकाले उनको ट्वीटर सस्पेन्स गरिएको हो ।अहिले भारतीय प्रधानमन्त्री मोदीकका ६४.७ मिलियन फलोअर्स छन् ।जसकारण ट्वीटरमा संसारमा धेरै फलो गरिने सक्रिय राजनेता बनेका हुन्।एजेन्सी