हुलाकी न्यूज,जनकपुरधाम :राष्ट्रियस्तरमा प्रदेश २ को तर्फबाट दर्जनौं यु-१९ क्रिकेट प्रतियोगिता खेलिसकेका कुन्दनको आज बिहान मृत्यु भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले जानकारी दिएका हुन्। कुन्दनको मिर्गौलाले विगत लामो समयदेखि काम गर्न छोडेको थियो।

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनको मृगौला फेर्नुपर्ने चिकित्सकले धेरैदिन अघि नै सुझाव दिइसकेका थिए।तर आर्थिक अभावका कारण उनले आफ्नो मिर्गौला फेर्न सकेका थिएनन्, तत्काल ऊनलाई डायलायशिसमा राखिएको थियो ।

कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट संघ धनुषाको अगुवाईमा जनकपुरमा कुन्दन बचाउ अभियानसमेत चलाएर युवाले करिब सात लाख रुपैयाँ संकलन गरी कुन्दनको उपचारमा सहयोग पुर्याएका थिए । कुन्दनको निधनले क्रिकेट जगतमा अपुरणीय क्षति पुगेको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले बताएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.