हुलाकी न्युज : क्रसर माफियाद्धारा हत्या गरिएका दिलिप महतोको श्रद्धाञ्जली मनाइएको छ। उनको हत्या भएको एक वर्ष पुरा भएको अवसरमा सोमबार श्रद्धाञ्जली सभा गरिएको हो।

मिथिला नगरपालिका ५ बस्ने दिलिपकाे वि.स २०७६ साल पौष २५ गते क्रसर उद्योगले अवैध उत्खनन बिरुद्ध बोल्दै गर्दा उनको हत्या गरि फालिएकाे थियाे।

उनकाे हत्या बिरुद्ध लामो संधर्ष पस्चात प्रदेश २ सरकारले क्षतिपूर्ति समेत दिएको थियो । तर मृतक महतोले न्याय पाएका छैनन्।

युथ एड्भोकेसि नेपाल, ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठान, महोत्तरी युथ नेटवर्क तथा युथ एसोसिएसन नेपालद्वारा संयुक्त रूपमा सभा अायाेजना गरिएकाे थियाे।

बिरोध प्रदर्शन तथा श्रदान्जली सभालाई सम्बोधन गर्दै युथ एड्भोकेसि नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले भने “समाजको विकास भौतिक पूर्वाधारले मात्र हुने भनेर समाजमा भने भ्रम सृजना गरिएको छ। अवैध रुपमा वन तथा नदि-जन्य प्रदार्थ उत्खनन गरेर वातावरणमा हानि पुगेको छ भने विश्व नै अहिले मौसम संकटबाट बच्न आव्हान गरेको अवस्था छ। तर दिलिप जस्तो युवामाथि हत्या गर्नु भनेको युवा आवाज तथा पर्यावरण बिरोधिको साटघाट रहेको छ।”

उनले दिलिपको हत्यारालाई छोटो भन्दा छिटो कार्बाही समेत गर्न सरकारलाई समेत आग्रह गरे।

त्यस्तै कार्यक्रममा युवा अभियान्ता सरोज राय यादवले “सरकारले हत्यारा लुकाएको तथा संरक्षण गरेको आरोप समेत लगाएका छन् ‌। यादवले भने “सबै घटना खुल्ला रहेको छ तर पनि सरकार मौन देख्दा सरकार नरहेको महशुस भएको छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.