हुलाकी न्यूज, जनकपुरधामः संघीयता र गणतन्त्रसहितको हिन्दु राष्ट्र कायम हुनु पर्ने मागसहित जनकपुरधाममा प्रदर्शन भएको छ।
शनिबार राष्ट्रिय एकता अभियान समूहले जनकपुरधामको रेलवे स्टेशनबाट रैली गरी जनक चौकमा कोणसभामा परिनत भएको थियो।
अभियानका संयोजक विनय यादवले विदेशीको चलखेलमा धर्मनिरपेक्ष बनाइएको आरोप लगाए।
उनले भने, ‘हामी संघीयता विरोधी होइनौं तर संघीयताको नाममा हाम्रो हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथिको प्रहार कुनैपनि हालतमा स्वीकार्य छैन। हामी लोकतन्त्र पक्षधर भएको हुनाले संघीय गणतन्त्रसहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत हाम्रो आन्दोलन जारी रहनेछ।’
अध्यक्ष यादवले भने संघीयताको नाममा हिन्दु राष्ट्रलाई मात्र समाप्त पारिएन मुलुकमा भ्रष्टाचारलाई समेत प्रश्रय दिएको कारण हाम्रो आन्दोलन भ्रष्टमुक्त, विकासशील र हिन्दु राष्ट्रका लागि आन्दोलन जारी रहनेछ ।
अभियानका मार्गदर्शक मण्डल सदस्य खेमराज आचार्यले धर्मनिरपेक्षको नाममा हिन्दुत्वलाई समाप्त पार्ने शासक वर्गको षड्यन्त्र भएको बताए।
यसअघि शुक्रवार राष्ट्रिय एकता अभियानले जनकपुरधाममै प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरेका थिए ।
शनिबारको प्रदर्शनमा विभिन्न जिल्लाबाट सहभागी गराइएको थियो।