हुलाकी न्यूज,काठमाडौँ : स्याङ्जामा बुहारीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले ससुरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालाय, स्याङ्जाले २१ वर्षीया बुहारीमाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय ससुरालाई पक्राउ गरेको हो।

ससुरालाई प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए। बुहारीले बिहीबार जाहेरी दिएपछि उनलाई पक्राउ गरेको उनले बताए।

बुहारीले दिएको जाहेरीका अनुसार ससुराले विगत चार वर्षदेखि उनीमाथि बलात्कार गर्दै आएका थिए। ‘ती महिलाको १६ वर्षको उमेरमा विवाह भएको रहेछ। दुई वर्ष भारतमा परिवारसहित बसिन्,’एसपी बोगटीले भने,’त्यहाँ हुँदादेखि नै बलात्कार गर्ने गरेको बताएकी छन्।”सामाजिक डर, सुध्रिन्छ कि भनेर, लाजका कारण लुकाएको बुझिन्छ,’उनले भने।

प्रहरीले ससुरामाथि थप अनुसन्धान गर्न स्याङ्जा जिल्ला अदालतबाट हिरासतमा राख्न पाँच दिनको अनुमति लिएको छ। उनीमाथि जबरजस्ती करणी मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.