हुलाकी न्यूज,काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली छिमेकी मुलुक भारत जाने भएका छन्।

धनगढीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवली माघ १ गते भारत भ्रमणमा जान लागेका बताएका हुन्।उनले परराष्ट्रमन्त्री ज्ञवली सुदूरपश्चिमको विकास र सीमा नाकाको अवस्था सुधार गर्ने कुरा गर्न भारत जान लागेको बताएका हुन्।

केही समयदेखि काठमाडौं र नयाँदिल्लीमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहेको बताइएपनि यसको औपचारिक जानकारी दुवै देशले दिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.