ललित मल्लिक सानु
बिगत करिव तीन महिनादेखी मधेश संविधानमा आफ्नो हक अधिकारको सुनिश्चितताको लागि निर्विराम आन्दोलनरत रहेको छ । आन्दोलनको क्रममा करिव चौवालिस जना निहत्था आम मधेशी सरकारको बर्बरतापुर्ण दमनमा मारिए पछी र आन्दोलन चलेको करिब डेढ महिना बित्दै गर्दा सरकारले वार्ताको आह्वान गर्यो । मधेशी पक्षले पनि सरकारको उपेक्षा र अपुर्ण तयारीलाई नजरअन्दाज गरी हरेक समस्याको समाधान संवाद र सहमती बाटै गरौं भनेर वार्ताका लागि तयार भयो । तर, देशको बिभिन्न राजनैतिक घटनाक्रमको समाधान पनि सरकारले दिल्ली र बेईजिङतिर खोज्ने गैर राष्ट्रवादी प्रवृती, सरकारको गैर जिम्मेवारीपुर्ण अगंभिर तयारी र मधेशी मोर्चाको कमजोर प्रस्तुतिका कारण वार्ता लम्बिएको लम्बियई गर्यो ।
तथापी मधेशी जनता वार्ताप्रति धेरै नै आशावादी थिए । तर, हिजो अर्थात आईतवारको वार्ता बिना कुनै निश्कर्षमा टुंगिएपछी र आज बिहान वीरगंज–रक्सौल मितेरी पुलमा शान्तीपुर्ण धर्ना दिईरहेको आन्दोलनकारीमाथि सरकार पक्षबाट भएको आक्रमण र आन्दोलनकारीहरुलाई जिउँदै जलाउने प्रयासले मधेशी जनताको स्वाभिमान र राष्ट्रिय भावनामाथि प्रहार भएको महसुस गराएको छ । तसर्थ मलाई लाग्छ, सरकारले वीरगंजमा मधेशी आन्दोलनकारीमाथि आक्रमण गरेर एकतर्फि रुपमा वार्ता भंग गरी मधेश बिरुद्ध आक्रमणको घोषणा गरेको छ । त्यस कारण अब मधेशी पक्षले वार्ताको रट लगाउनुको कुनै अर्थ रहेन । सरकारले वार्ताको वातावरण बिथोलि दिएको छ ।
अब मधेशी पक्ष सामु आन्दोलनलाई थप सशक्त बनाउने र हरेक मधेशी शक्तिलाई एक ठाँउमा ल्याउने विकल्प मात्र छ । यो जिम्मेवारी आन्दोलन घोषणा गरेको मोर्चाको काँधमा आएको छ । म आशावादी छुँ, अव मोर्चाले यी प्रयासहरुको थालनी गर्ने छन् ।



