हुलाकी न्यूज,काठमाडौँ :संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ। विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमार्फत शुक्रबार सो समूहले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक पठाएको हो। उक्त समूहको काठमाडौं जिल्ला कमिटीले जुलुससहित जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र र संविधान पुस्तक पठाएको छ।

त्यस्तै रौतहटमा पनि उक्त समूहले प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ। जिल्ला प्रशासन कार्यालय गौरमा पुगेर उक्त समूहका जिल्लास्तरीय नेता कार्यकर्ताहरुले संविधान पुस्तक र ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई पठाएका हुन्। उता, दोलखामा पनि प्रचण्ड-माधव पक्षका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक पठाएका छन्।

सदरमुकाम चरिकोटमा आयोजित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चारमन्त्री पार्वत गुरुङको आगमनको विरोधमा आयोजित र्यालीपछि उक्त समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक र ज्ञापनपत्र पठाएको हो । त्यसअघि उनीहरुले मन्त्रीद्वयलाई कालो बेलुन देखाएर विरोध गरेका थिए । अन्य जिल्लाहरुमा पनि सो समूहले प्रधानमन्त्रीलाई संविधान पुस्तक र ज्ञापनपत्र पठाउँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.