हुलाकी न्यूज,सिरहा : लहान नगरपालिका वडा नम्बर ४ स्थित रहेको डाेम समुदायको ३५ बर्षिय जितेन्द्र मरिक लाई मृत्यु भएका छन्। जोनडिस कमलपित रोगबाट बिगत ४ महिना देखि ग्रसित भएका थिए। उपचारका लागी लहान, बिराटनगर लगायतका ठुल-ठुलो अस्पतालमा भर्ना राखे पनि उपचार संभव नभए पछी २०७७ पौष १० गते राति आफनै घरमा मृत्यु भएको हो।

मृत्युपछि उनको छोरा र श्रीमति बिच्चलितमा परेका छन्। स्थानीय काङ्ग्रेस नेता महेश चौधरी र महिला संघकी केन्द्रिय सदस्य संगिता कर्माचार्यले बिचल्लीका परिवारका कुरा सुन्दा हतपत श्रीमान र श्रीमती डाेम समुदायको समस्या बुझ्न् बस्तीमा पुगेका थिए।
मृतक जितेन्द्र मरिकको १ एक काखे छोरा र ३ छोरी छिन ऊनीहरु के खाने भने आमा आभा मरिकलाई चिन्ताको विषय बनेका हुन्।आफुलाई जग्गा जमिन नभएपछि श्रीमानले ज्याला मजदुरी गरेर घर-परिवार चलाउथे तर अब श्रीमान गुमेपछि ४ छोरा छोरीलाई कसरी पाल्न पोषन गर्ने चिन्ता वेकत गरेकीछिन्। मृतकको छोरालाई कक्षा १० सम्म निजी विद्यालयमा पढाउने जिम्मा काङ्ग्रेस नेता महेश चौधरी र संगिता कार्माचार्यले लिएका छन्।
मृतकको सम्पुर्ण क्रिया खर्च र शुक्रबार २०० सय जना लाई भोजखुवाउने कार्यक्रम रहेको छ। भोजको सम्पुर्ण खर्च नेता चौधरी र कर्माचार्यले बेहोर प्रतिबध हुनुभएको छ। मृतक परिवारलाई समाजिक रूपमा भोज गर्न मान्सिक दबाब दिएका छन्। यदि हामीले समाज लाई भोज कुवाएन भने हाम्रो समाजले आउने दिनमा हाम्रो छोरा,छोरीलाई भोज खान बाट बन्चित गर्ने मृतकको श्रीमती आभा मलिकले आफना पिडा सुनाएकी छिन्।



