हुलाकी न्यूज, काठमाडौं, १६ कार्तिक । वीरगंज नाकामा नाकाबन्दीको ४० औं दिन धर्ना दिइरहेका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको मधेशी बुद्धिजिवी पेशागत समूहले विरोध गरेको छ । समूहका महासचिव तबरेज अहमदले विज्ञप्ति जारी गर्दै प्रहरीले आतंककारी शैलीमा शान्तिपूर्ण धर्नामा बसेका आन्दोलनकारीमाथि आक्रमण गरेको, उनीहरुको पाल तथा ओछ्यानमा आगजनी गरेको र प्रदर्शनकारीलाई पक्राउ गरेकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, “संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगयतकाले विगत ८० दिन देखि गरेको आमहडताल र ४० दिन देखि वीरगंज रक्सौल सिमानामा पर्ने मितेरी पुलमा शान्तिपुर्ण धर्ना दिई नाकाबन्दी गरी आएकोमा आज मिति ०७२।०७।१६ गते एकाविहान ४ बजेको समयमा मितेरी पुलमा पाल मुनी सुती रहेका निहत्था आन्दोलनकारी माथी हजारौंका संख्यामा आएका शसस्त्र प्रहरी र जनपथ प्रहरीले एक्कासी आतंकारी शैलीमा आक्रमण गरी सुतीरहेका आन्दोलनकारीमाथी लाठी ढुगां प्रहार गरी पाल तथा ओच्छयान समेतमा आगो लगाई ५० जना भन्दा बढी प्रदर्शनकारीलाई सख्त घाईते तुल्याई दिएको र पांच जना धर्नामा रहेका व्यक्तिलाई गिरफ्तार समेत गरेकोमा प्रहरीको उक्त गैर जिम्मेवार क्रियाकलपावाट मधेसी बुद्धिजिवी पेशागत समुहको गम्भीर ध्यानाकर्षण भएको छ ।”

समूहले राज्य पक्षबाट यस किसिमको अमानविय गतिविधि नदोहर्याउन अपिल गर्दै गिरफतार गरीएका पाचैं जनालाई अविलम्ब रिहा गर्न माग पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.