हुलाकी न्यूज,काठमाडौँ : छोटो चलचत्रि ‘सहारा’ रिलिज गरिएको छ। कोरोना महामारीको कथामा निर्माण भएको यो छोटो चलचित्रले बेरोजगार, मानिसहरुको सम्बन्धमा पारेको असरलाई उठाएको छ । यो छोटो चलचित्रमा ध्रुव दत्त, श्रृजना निङ्गलेकु, पुरु राइको अभिनय छ।
यो चलचित्रको लेखन तथा निर्देशन पुरु राइले गरेका छन् । कोरोना भाइरसका कारण बढेको बेरोजगारी, बेरोजगारीका कारण एक जोडीमा उत्पन्न भएको विभिन्न समस्यालाई यसले उठान गरेको छ । छोटो चलचित्र ‘सहारा’मा छायांकन तथा सम्पादन कुशल श्रेष्ठको छ । टुवाई ब्यानरमा निर्माण भएको चलचित्रलाई दर्शकले रुचाउने अपेक्षा निर्माणपक्षको छ ।