हुलाकी न्यूज,काठमाडौँ :विश्वभरमा एक वर्षमा लगभग आठ लाख वा हरेक ४० सेकेण्डमा विश्वमा कुनै एक मानिसको आत्महत्याको कारण ज्यान गइरहेको तथ्याङ्ले देखाएको छ।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडा अनुसार नेपालमा एक दिनमा करिब १६ देखि १८ जना मानिसले आत्महत्या गर्ने गरेका छन।

त्यही आत्महत्या रोकथाम सन्देशसहित वास्तविक थपलियाले मेची-महाकाली साइकल यात्रा शुरु गरेका छन्।

मेची-महाकाली साइकल यात्रामा रहेका थपलिया १०औं दिनमा कपिलबस्तु पुगेका छन्।

नेपालको आ.ब २०७५र७६ को रेकर्ड अनुसार कुल ५७८७, आ.ब २०७६र७७ मा ६२५२, र चालु आ.ब २०७७र७८ को कार्तिक मसान्त सम्म २४२६ जनाले आत्महत्या गरेका छन जसमा बालबालिकाको आँकडा अझै बड्दो क्रममा छ जुन आफैमा दर्दनाक रहेको छ।

यात्राको क्रममा कपिलबस्तुको सदरमुकाम तौलिहवा वास्तविक थपलियाको भनाइ अनुसार उनी सानैबाट सोच्ने गर्थे एक चोटि पाएको सुन्दर जिन्दगीमा मान्छेले किन आत्महत्याको बाटो रोज्छ ? के कुनै पनि जटिल समस्याको समाधानको बिकल्प भनेको आत्महत्या नै हो?

थपलिया भन्नुहुन्छ ‘म ढुक्क थिएँ कि कुनै पनि समस्या समाधानको अन्तिम बिकल्प आत्महत्या हुनै सक्दैन । मृत्यु पछिको प्राण बाहेक संसारमा सबै कुराको बिल्कप छ बस हिम्मत हार्नु भएन । हिम्मतले नै मान्छेलाई सफलता तिर डोर्याउछ । आत्महत्या गर्ने बेलाको जस्तो हिम्मत जिन्दगीको अरु गतिविधिमा लगाए कायापलट गर्न सकिन्छ ।’

“म हिम्मत हार्दिन, म आत्महत्या गर्दिन” भन्ने प्रण सबैले गरे नेपालमा आत्महत्याको दर घटाउन सकिने उहाँको भनाइ छ ।

जिन्दगी आफैँमा एउटा साइकल यात्रा जस्तै हो जसमा दुख र सुखका दुई पेडललाई ब्यालेन्स गरेर सफर गरे मात्र गन्तव्यसम्म पुगिन्छ र साइकल आफैमा एउटा ब्यायामको साधन पनि हो जसले मानिसको शारीरिक अनि मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारी आत्महत्या रोकथाममा केही न केही टेवा पुर्‍याउने थपलियाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.