हुलाकी न्यूज,जनकपुरधाम : संघिय सरकारकी महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतो र पुर्व भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मिथिला नगरपालिकामा थप एक पुलको शिल्यानास गरेका हुन्।

कुल १७ करोडको लागतमा निर्माण हुन लागेको १ सय १० मिटर लामो पुल बनेपछि त्यस भेगका स्थानियलाई आवतजावतमा सहजता हुने भएको छ।

मिथिला नगरपालिकाको वडा नं. ११ तल्लो तुल्सी स्थित साविकको वडा नं. २ र ३ जोडने जिराईडाँडा सुन्दरी खोलामा बन्न लागेको पुलको मन्त्री महतो तथा पुर्व मन्त्री महासेठले समुदघाटन गरेका हुन।

२८ महिनामा काम सकिने गरि कालिका कन्ष्ट्रक्सन प्रा.लि. भरतपुर चितवनको बर्दिबास साइड अफिसले ठेक्का पाएको सो पुल समयमै समपन्न गर्न मन्त्री महतोले आग्रह गरेकी छन् । २२ महिनामै सक्ने गरि सम्झौता भएपनि कोरोना महामारीका कारण छ महिना थप गरि २८ महिनामा काम हुने गरि पुल निर्माणको काम सुरु हुने सडक डिभिजन कार्यालय धनुषाले जनाएको छ।पुल शिल्यानास कार्यक्रममा प्रदेश सांसद सारदा थापा, मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो र उपप्रमुख , बुद्धिजीवी सहितको उपस्थिती रहेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.