हुलाकी न्यूज, जनकपुरधाम :
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा ओली समूह)का विरुद्ध प्रचण्ड–नेपाल समूहले देशैभरी संघर्ष समिति गठन गरेर आन्दोलन थालेको छ।

धनुषा जिल्लाको विभिन्न स्थानीय तहहरुमा संघर्ष समिति गठन भइरहेको पार्टीले जनाएको छ।

धनुषाको हंसपुर नगरमा २ सय ५१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। तत्कालिन एमालेको तर्फबाट मेयरका उम्मेदवार सुशिल साहको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको हो।

नेकपा (प्रचण्ड–नेपाल समूह)का धनुषा जिल्ला सचिव दिपक यादवको अध्यक्षतामा बसेको बैठकले साहलाई संयोजक र सुनिल यादवलाई सहसंयोजक चयन गरेको हो।

संयोजक साहका अनुसार ओलीको असंवैधानिक कदम विरुद्ध सशक्त प्रतिकार हुनेछ। आफूहरुले पार्टीको निर्णय बमोजिम संघर्षका कार्यक्रम अगाडि बढाउने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.