हुलाकी न्यूज, काठमाडौं:
विभिन्न राजनीतिक दलमा विभिन्न पेसाका व्यक्तिहरु सहभागी छन्। तर, एउटा यस्तो पार्टी छ जसको शिर्ष नेतृत्वमा ईन्जिनियर नै इन्जिनियर छन्।

इलेक्ट्रनिक्स ईन्जिनियर पार्टी अध्यक्ष छन् भने म्याकेनिकल र इलेक्ट्रिकललगायतका ईन्जिनियरहरु स्थायी समितिमा छन्। जसमा अधिकांश नेपालकाे चर्चित पुल चौक ईन्जिनियरिगं क्याम्पसका उत्पादन हुन्।

डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा डा.राउत स्वयम् इलेक्ट्रोनिक्स ईन्जिनियर हुन्। उनी क्यम्बिृज विश्वविद्यालयबाट पीएचडी गरेका छन्।

जनमत पार्टीको शीर्ष नेतृत्वमै म्याकेनिकल ईन्जिनियर दीपक कुमार साह छन्। सुनसरीका ईन्जिनियर साह जनमत पार्टीको संगठन विभाग हेर्दै आएका हुन्।

जनमत पार्टीमा ईलेक्ट्रिकल ईन्जिनियर नरेन्द्र चौधरी छन्। जसले संगठन विस्तारलगयातको काममा सक्रिय छन्।

यसैगरी, पार्टीको शीर्ष नेतृत्वमा इलेक्ट्रिकल ईन्जिनियर बसन्त कुशवाहा छन्। उनी गैर आवासीय मधेशी संघ (एनआरएमए)का अन्तर्राष्ट्रिय समितिका अध्यक्ष हुन्।

सिभिल ईन्जिनियर श्यामसुन्दर मण्डल पार्टीको शीर्ष नेतृत्वमा हुँदाहुँदै उनी सप्तरी जिल्लालाई आधार बनाएर काम गर्दै आएका छन्।

ईलेक्ट्रिकल ईन्जिनियर सुरेन्द्र नारायण यादव विभिन्न देशमा जनमत पार्टीका लागि काम गर्दै आएका छन्।

जनमत पार्टीका नेता ईन्जिनियर दीपक कुमार साहका अनुसार जनमत पार्टीमा करिब एक हजारको संख्यामा ईन्जिनियरहरु आवद्ध भएका छन्। पार्टीको भातृ संगठनको रुपमा ईन्जिनियर जनमत संघ विभिन्न जिल्लामा गठन भइरहेको छ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.