हुलाकी न्यूज,काठमाडौँ : बेलायतबाट फर्केका तीनजना नेपालीमा बेलायतमा विकसित कोरोना भाइरसको नयाँ भेरिएन्ट (नयाँ प्रजाति) को संक्रमण भएको संकेत देखिएको छ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नुमना परीक्षण गर्दा तीन जनामा नयाँ कोरोनाको संक्रमण भएको संकेत देखिएको छ।
तर नेपालमा भएको मेसिनको सिस्टमले त्यसको निर्क्योल गर्न नसक्ने भएकाले थप परीक्षणका लागि नमुना हङकङ पठाइएको हो।
हङकङ पठाउनका लागि सम्पूणर् प्रक्रिया पूरा भइसक्यो । नमुना पठाउने अनुमति प्राप्त भइसकेकाले सोमबारसम्म ल्याबमा पुगिसक्छ एनपीएचएलकी निर्देशक डा. रुना झाले भनिन् ।
एसजिन नेगेटिभ देखिएकाको मात्रै नमुना पठाउन लागिएको उनले बताइन्। बेलायतबाट फर्केका सात जनामा कोरोना पोजिटिभ देखिए पनि एसजिन नेगेटिभ तीन जनामा मात्रै देखिएको छ।
‘यो नयाँ भेरिएन्ट पत्ता लगाउने सजिलो उपाय भनेको पीसीआर परीक्षणमा एसजिनको जाँच गर्दा त्यसले राम्रोसँग काम गर्दैन,’ बीबीसी रेडियोलाई उनले भनेका छन्, ‘एसजिनका साथै पीसीआर परीक्षणमा अन्य दुई जिन पनि भए नभएको हेरिने हुँदा संक्रमितहरू नेगेटिभ देखिने स्थिति हुँदैन ।’
बी-११७ सार्क मुलुक भारत, पाकिस्तानलगायतमा समेत देखिएपछि सरकारले बेलायतबाट आउनको निगरानी थालेको हो । यस क्रममा सात जनाको पीसीआर पोजिटिभ देखिएको थियो ।




