हुलाकी न्यूज,सिरहा : भारतीय सीमानाका नखुले पनि भन्सार कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७र७८ को पाँच महिनाको अवधिमा चार करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले भारतीय सीमानाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा चार करोड ८९ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ। चालु आव २०७७र७८ मा छ करोड ३० लाख लक्ष्य तोकिएकामा पाँच महिनाकै अवधिमा लक्ष्यको करिब ६० प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको भन्सार प्रमुख नरेश साहले जानकारी दिए।
भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको र खाद्यान्न सामग्री आयतमा भन्सार वृद्धि भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख साहको कथन छ।
अघिल्लो आव २०७६र७७ मा सो कार्यालयले रु सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको थियो।रासस