हुलाकी न्यूज,काठमाडौँ : दैलेखको नारायण नगरपालिका ८ सिमडास्थित ५ वर्षीया कलिला बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको छ।

स्थानीय एक व्यक्तिले उक्त घटनाबारे प्रहरीलाई खबर गरेलगत्तै खटिएको प्रहरी टोलीले बिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए।पक्राउ परेका ती पुरुषलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.