हुलाकी न्यूज,काठमाडौँ : भारतको विभिन्न राज्यमा वर्डफ्लू भेटिएको छ। केरला, हिमाञ्चल प्रदेश र राजस्थानमा वर्डफ्लू भेटिएको भारतीय संचार माध्यमले जनाएका छन्।
यस्तै मध्य प्रदेशमा कागमा यसको पुष्टि भइसकेको छ। यस्तै गुजरात र महाराष्ट्रमा पनि वर्डफ्लू फैलिएको आशंका गरिएको छ।
हिमाञ्चल प्रदेशमा मात्रै सोमबारसम्म २४ सय पन्छी मरेसँगै १० किलोमिटरसम्म सतर्कता अपनाउन अपील गरिएको छ। यस्तै यो इलाकामा माछा खरिद विक्रीमा रोक लगाइएको छ। वर्डफ्लू पन्छीबाट पन्छीमा सर्ने गर्छ। यसले पन्छीको ज्यान नै लिने डाक्टरले बताउँदै आएका छन्।
यस्तै पन्छीबाट मानिस र मानिसबाट अरु प्राणीमा सरे उनीहरुलाई पनि खतरा मानिन्छ। सन् १९९७ मा वर्डफ्लूको पहिलो संक्रमण देखिएको थियो। यसको संक्रमणबाट अहिलेसम्म झण्डै ४० प्रतिशतको मृत्यु भएको छ।