हुलाकी न्यूज,काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले देशलाई स्थिरता र निकास दिन नेकपा र सरकार असफल भएको आरोप लगाएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध राजपाले मंगलवार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिरया कार्यक्रममा ठाकुरले यो संविधानप्रति शुरूदेखि नै असन्तुष्टि रहेको बताए।

‘हाम्रो लागि त यो संविधानप्रति शुरूदेखि नै विरोध थियो । सत्ताधारीको छलकपटले बनाएको संविधान हो । अहिले पनि आफूलाई सुरक्षित राख्नको लागि कदम चालिएको हो । फेरि राष्ट्रवादको नारा लगाएको छ,’ ठाकुरले भने ।

ठाकुरले प्रतिनिधिसभा विघटनको विरुद्धमा आवाज उठेको भए पनि नेकपा र उसको नेतृत्वको सरकार स्थितरता दिन असफल भएको दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.