हुलाकी न्यूज,काठमाडौँ :अस्पतालमा उमेर नपुगेकी किशोरीलाई गर्भपतनका लागि ल्याएपछि स्वास्थ्यकर्मीले सोधिखोजी गरे। सोधीखोजीका क्रममा बुबाले करणी गर्दा गर्भ रहेको खुलेपछि आफन्तको सहयोगमा अस्पतालले प्रहरीलाई खबर गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङबाट पुगेको प्रहरीले अस्पतालबाट पीडित किशोरीकी बुबालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार करिब चार–पाँच महिनाको गर्भ पतनका लागि अस्पताल लगिएपछि करणीको रहस्य खुलेको हो।‘अस्पतालमा सोधिखोजी गर्दा बुबाले जबरजस्तीकरणी गर्दा गर्भ रहेको खुल्यो,’उनले भने ‘अस्पतालबाटै बुबा पक्राउ परे, अहिले हाम्रो हिरासतमा छन् ।’
पक्राउपछि अनुसन्धानको क्रममा रहेका पुरुषले आफ्नो संलग्नता स्वीकार गरेका छन् । थप प्रमाण संकलनका लागि गर्भपन गरिएको बच्चाको डीएनए जाँचका लागि पठाइएको उनले बताएका हुन्।