हुलाकी न्यूज, काठमाडौं, १६ कार्तिक । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सले वीरगंज रक्सौल नाकामा सोमबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदर्शनकारीमाथि गरेको दमन र आक्रमणको निन्दा गरेको छ ।
थर्ड एलायन्सका क्षेत्रीय मानव अधिकार संयोजक शैलेन्द्र अम्बेडकरले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण धर्नामा बसिरहेका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेर जबरजस्ती हटाएको, उनीहरुको टेन्टलगायत बस्ने सामाग्री पनि नष्ट गरिदिएको, प्रहरीको लाठी प्रहारबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाईते भएको भन्दै प्रहरीको यस्तो गैरजिम्मेवारी कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
राज्यको यस्तो कदमबाट जारी आन्दोलनमा थप हिंसा भड्किन सक्ने भएकाले एलायन्सले आन्दोलनकारीलाई पनि संयम रहन अपिल गरेको छ । विज्ञप्तिमा अत्यधिक बल प्रयोग नगर्न र कानुनी साशनको पालना गर्न राज्य पक्षसँग आग्रह गरिएको छ ।





iniharu bal hoina bam chalauthe tar iniharu ko majburi chha.