हुलाकी न्यूज,काठमाडौँ :हुम्लामा भारी हिमपात भएको छ। आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ।
उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन्।
पश्चिमी वायुको प्रभावसँग उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ। हुम्ला सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख लगायतका स्थान हिउँले ढाकिएर सेताम्य भएका छन् ।हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित भए पनि हिउँले बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी भएका छन् ।