हुलाकी न्यूज,काठमाडौँ :शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको एसईई परीक्षा आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ।
परीक्षा सञ्चालनका निम्ति चार वटा विकल्प अघि बढाइएको छ।
सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश वा यसअघि झै संघीय सरकारमार्फत सञ्चालन गर्ने भन्ने रहेको छ। विद्यमान ऐनमा भन एसईई परीक्षा सञ्चालन जिम्मेवारी प्रदेश तहलाई दिइएको छ।
मन्त्रालयले प्रस्तावसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को विवरण माग गरेको कान्तिपुर दैनिकमा खबर छ।




