हुलाकी न्यूज,जनकपुरधाम : विद्यालयका किशोरीहरुलाई बाल बिवाह सम्बन्धी सचेतना कार्यक्रमहरु गर्नु पर्ने विभिन्न कार्यक्रमहरुमा आवाज उठ्ने गर्छन । विद्यालयका किशोरी विद्यार्थीहरुसँग बाल बिवाह तथा यसले पहिचानमा पारेको असर बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

सकल भवन कन्या माध्यमिक विद्यालय जनकपुरधाममा सेफ नेपाल धनुषाको आयोजना र जिल्ला युवा संजाल धनुषाको सहकार्यमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो । खास गरि किशोरीहरुलाई विभिन्न कारण कम उमेरमा विवाह गर्ने गरेकोले यसको कानूनी विषयमा समेत जानकारी गराएको छ ।

टाउकोको बोझ हल्का गर्ने, समाजिक परम्परा, कानूनको आज्ञानता, र विभिन्न चलन रहेको कारण कम उमेरमा किशोरीहरुको विवाह हुने गरेको छ । २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने गराउनेलाई मुलुकी अपराध सहिंता ऐन–२०७४ ले त्यस्ता व्यक्तिहरुलाई ३ वर्ष जेल र ३० हजार जरिवान गर्ने तोकिएको छ । बाल विवाहबाट पर्ने असर र कानूनी विषयमा सेफ नेपाल धनुषाका टिम लिडर विनोद महराले व्याख्या गरेका थिए ।

कुनै पनि बहानामा बाल विवाह गरेमा त्यस्ता बिवाह स्वत बदर हुने कानूनी व्यवस्था रहेको छ । बाल विवाह गरेमा वडा कार्यालयबाट विवाहदर्ता गरिदैन । बिवाह दर्ता नभएपछि विवाहित महिलाको नागरिकता पनि बन्दैन । शारिरिक, मानसिक र शैक्षिक रुपमा असर पर्ने गरेको तथा सरकारी सेवा सुविधाबाट पनि समेत बन्चित हुनु परेको सेफ नेपालको वेश लाइन सर्वेक्षणबाट देखिएको छ । शहिदनगर नपा र गणेशमान चारनाथ नपामा १३ सय ५९ जना महिलाहरुसँग गरिएको अन्र्तवार्ताको आधारमा हेर्ने हो भने ६४ प्रतिशत विवाहित महिलाको विवाह दर्ता बनेको छैन भने ६९ प्रतिशत विवाहित महिलाहरुले नागरिकता पाउन सकेका छैन ।

मुख्यमन्त्री बेटी पढाउ,बेटी बचाउ अभियान अन्र्तगत छोरी विमाको वारेमा अहिले पनि ४३ प्रतिशत महिलाहरुको जानकारीमा आएको छैन । प्रदेश नं. २ का सरकारको यस अभियानले २० वर्षपछि शिक्षामा खर्च हुने गरिएको छोरी विमाले बाल बिवाह नियन्त्रणमा आउने अनुमान गरिएको छ । तर आम नागरिकमा यस विषयको जानकारी हुन जरुरी छ । कन्या माविका करिव सयौ जना किशोरी विद्यार्थीहरुको बाल विवाह र कानूनी पहिचान बारे जानकारी पाएकोले प्रध्यानाध्यपक मोदनारायण राउतले खुसी व्यक्त गर्नु भयो ।

 

मा वि स्तरमा पढाउने समाजिक शिक्षकलाई बोलाएर महिनाको एक पटक मानवअधिकार र बाल बिवाह तथा महिला अधिकार बारेमा विद्यालय स्तरमा अभिमुखिकरण कार्यक्रम राखिने पनि प्रतिवद्धता जनाउनु भयो । महिनामा कम से कम एक पटक समाजिक कुरित विरुद्ध तथा मानवअधिकारका विषयमा कार्यक्रम लिएर आउन सेफ नेपाललाई त्यहाँको शिक्षक महेश रजकले अनुरोध गर्नु भयो ।
कार्यक्रममा बाल अधिकारका लागि प्रदेश संयोजक आशुतोष झाले महिला तथा बालबालिका माथि हुने गरेका घटनाहरुमा किशोरीहरु सचेत भइ सेल्फ डिफेन्सको लागि तयार हुनु पर्ने बताउनु भयो । जिल्ला युवा संजाल धनुषाका अध्यक्ष धिरज साहले कार्यक्रम संचालन गरेका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.