हुलाकी न्यूज,काठमाडौं : फिल्म ‘कौसिद’लाई चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरियो । निर्देशक कुमार भास्कर, निर्माता केदार भुषालसहित ऋचा शर्माले पूजाआजा गरि फिल्मको शुभारम्भ गरे।
चलचित्रकर्मी केशव पाण्डेले मुहुर्त शटको क्ल्याप पर्काएसँगै मुहुर्त सिन खिचिएको ‘कौसिद’ आगामी माघ १ गतेदेखि छायांकन हुने छ भने फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ।
मुख्य भूमिकामा भोलाराज सापकोटा र ऋचा शर्मा रहनेछन् भने बाकि कलाकारहरूको लागी अडिसन लिएरै प्रतिभा अनुसार चयन गरिएका छन्।
मध्यम वर्गीय व्यक्तिको सामान्य जीवनयापनका सहज तरिकाले चलाउन के कस्ता व्याधा व्यवधानको सामना गर्दै अघि बढिरहेको परिवारको लागि मुख्य पात्रले गर्नुपरेको नैतिक संघर्ष र सम्झौता फिल्मको केन्द्रिय द्वन्द रहेको कुरा बड पिक्चर्सका संस्थापक तथा फिल्म ‘कौसिद’का कार्यकारी निर्माता दिमेश श्रेष्ठले भनेका हुन्।




