हुलाकी न्यूज,काठमाडौं : कोरोनाभाइरस विरूद्धका दुई खोपलाई भारतले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।
भारतले सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ खोपलाई अनुमति दिएको हो।
आइतबार सामाजिक सञ्जालमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई कम्पनीका खोप प्रयोगका लागि अनुमति दिइएको जनाएका छन्।
सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो। गत सातामात्र बेलायतले पनि सोही खोप प्रयोगका लागि अनुमति दिएको थियो।
भारतले आगामी ६ महिनामा झन्डै ३० करोड मानिसलाई कोरोना भ्याक्सिन दिने बताएको छ।