हुलाकी न्यूज,काठमाडौँ : मध्यप्रदेशमा एउटा हैरान गर्नेवाला समाचार सार्वजनिक भएको छ । यहाँका एक युवकले राति आफ्ना ४५ वर्षीय छिमेकीको बञ्चरो प्रहार गरी हत्या गरेका हुन्।
यसपछि प्रहरीले हत्या आरोपी सज्जु कोलको खोजी शुरु गरेको थियो। यो घटना रामनगर थाना क्षेत्रको बम्हनाडी गाउँको हो ।
बुधबार बिहान गाउँबाहिरको बाँध नजिकबाट आरोपी सज्जु कोललाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको सोधपुछका क्रममा कोलले आफ्नी पत्नी र मृतक महेशबीच अवैध सम्बन्ध रहेको बताएका छन् । यसको जानकारी पाएसँगै आफू पागलजस्तै भएको र रिसको झोँकमा छिमेकीको हत्या गरेको बताएका छन् ।
तर, पहिले आफूले शान्त तरिकाले छिमेकीलाई सम्झाए पनि उनले नमानेको कोलले बताएका छन् ।
उनले भने, ‘कैयौंपटक सम्झाउँदा पनि उनले मानेनन् । मेरै अगाडि उनीहरु यौन सम्बन्ध राख्ने कुरा गर्न थाले । त्यसपछि मैले सहन गर्न सकिन र हत्या गर्न पुगेँ ।’
उनले बञ्चरो प्रहार गरी निर्मम हत्या गरेका हुन् । अहिले उनलाई अदालतले जेल पठाएको छ । एजेन्सी




