हुलाकी न्यूज,काठमाडौं : नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित भएको थियो।

बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तालिका रहेको छ। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ। काँग्रेसले संसद विघटनको विरोधमा देशका सबै १६५ क्षेत्रबाट गत पुस १३ गते विरोध गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.