हुलाकी न्यूज,काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो राजनीतिक घटनाक्रमलाई टिप्पणी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा आगो लगाइएको टिप्पणी गरेका छन्।
सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले जिन्दगीभरको मेहनतले ’संघीय लोकतान्त्रिक गणतन्त्र’ को घर बनाइएको बताउदै तर केहि कुपुत्र, कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको टिप्पणी गरेका छन्।
उनले केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिदैछन् भन्दै छिमेकी समेत रमिते बनेको आरोप लगाएका छन्।
उनले भनेका छन् (एक आर्किटेक्टको अनुभूतिः जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो ! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो । केही कुपुत्ररकुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए ! केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन् । छिमेकी रमिते ! ककौन आगो निभाऊकक !




