हुलाकी न्यूज,धनुषा: चाउचाउ खुवाएर ५ वर्षीय बालकलाई गरिन महिलाले घाँटी थिचेर हत्या गरीय।
धनुषामा भएको ५ वर्षीय बालकको हत्याको कारण लेनदेन विवाद रहेको रहस्य खुलेको छ ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर २ स्थित दुहबीमा भएको जिवन राय आमातका पाँच वर्षीय छोरा अभिनन्दन रायको हत्या आफ्न्त पर्ने महिलाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
एसपी रमेश बस्नेतका अनुसार मृतक बालकको नातामा बाजे पर्ने ब्रहमदेव र जिवनबीच आर्थिक लेनदेन विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो ।
सोही रिसिबी साधेर ब्रम्हदेवकी जेठी छोरी बर्ष २६ की प्रमिला देवी अमातले बालकको हत्या गरेकी हुन् । हत्या अभियुक्त प्रमिलामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।
बुधवार विहान करिब ९ बजे खेल्दाखेल्दै मृत बालक अभिनन्दन प्रमिलाको घरमा पुगेका थिए । प्रमिलाले उनलाई चाउचाउ खान दिएकी थिइन् । दिउँसो करिब १२ बजे बालकलाई निद्रा आउँदा प्रमिलाले बालकलाई बुवा ब्रह्मेव सुत्ने खाटमा सुत्न पठाइन् ।
सुतिसकेपछि घरमा समेत कोही नभएको बेला दुवै हातले घाँटी थिचेर हत्या गरेको अनुसन्धानको क्रममा खुलेको हो । साँझ करिब साढे ६ बजे अँध्यारो भएको अबस्थामा घटनास्थलबाट मृतक लाश उठाई भैसी बाध्ने गोठघरमा सानो खाल्डो खनि उनले मृत बच्चालाई खरानिले छोपी राखेको अवस्थामा शव बरामद भएको थियो । शुक्रवार प्रादेशिक अस्पताल जनकपुरमा बालकको शव पोष्टमार्टम भएको बताए ।




