हुलाकी न्यूज,काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना गर्न संविधानले नै नमिल्ने दाबी गरेका हुन्।
काठमाडौंमा सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब संसद पुनर्स्थापना गर्न नमिल्ने भएकोले चुनावको विकल्प नभएको दाबी गरेका हुन्।
‘संसद पुनर्स्थापना गर्न संविधानले मिल्दैन,’ उनले भने, ‘जतिबेला मैले विघटनको सिफारिस गरें, त्यसबेला संसदको ६४ प्रतिशतको नेता मै हो । सरकार बन्ने विकल्प थिएन भने केका लागि पुनर्स्थापना ? यो सम्भावना छैन ।’
उनले बेलायतमा लिखित संविधान नभए पनि संसद पुनर्स्थापना भएको बताएका छन् ।
‘चुनाव हुँदैमा के संविधान जान्छरु गणतन्त्र र लोकतन्त्र जान्छ ?’ उनले भने, ‘झन् मजबुत हुन्छ ।’



