हुलाकी न्यूज,काठमाडौँ : मंगलबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा बोल्दै उनले ओलीले संविधानविरोधी काम गरेर आफूले आफूलाई भंग गरेको टिप्पणी गरे।

राजनीतिकरुपमा विभाजित प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चताप नगर्दासम्म जनताले क्षमा नदिने बताएका छन्।

 

“जबसम्म केपी ओलीले पश्चाताप गर्ने छैनन्, लोकतन्त्रमाथि घात गरेँ । आफैँले बनाएको संविधानको बलात्कार गरेँ । म अपराधी हुँ भन्ने छैनन्, तबसम्म उनलाई इतिहासले माफी दिने छैन । जनताले क्षमा दिने छैनन्,’’ प्रचण्डले भने ।

उनले मदन भण्डारीले एक कार्यक्रममा भनेको स्मरण गर्दै भने, “यो आन्दोलन होइन । आन्दोलनको ट्रेलरमात्रै हो । यो त भत्कौरोमात्रै हो । जन्ती आउनै बाँकी छ, बाजा बझ्नै बाँकी छ ।’’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.