हुलाकी न्यूज,काठमाडौँ : नेपाल सरकारले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैङ्कले नयाँ नक्सा अङ्कित सिक्का प्रचलनमा ल्याउने भएको छ।

नेपालको नयाँ नक्सासहितको सिक्का प्रचलनमा ल्याउन मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कलाई स्वीकृतिसमेत प्रदान गरिसकेको छ।

नेपाल राष्ट्र बैङ्कका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले राष्ट्र बैङ्कले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा अङ्कित सिक्का टङ्कनको तयारी गरिरहेको जानकारी दिनुभयो। नापी विभागबाट लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा लिने काम भइरहेको बताउँदै उहाँले सिक्का छाप्न बोलपत्र आह्वान गर्न आवश्यक प्रक्रिया सुरु भइसकेको स्पष्ट पार्नुभयो ।
‘‘मुलुकको नयाँ नक्सा अङ्कित सिक्का छाप्न मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गरिसकेको छ। मन्त्रिपरिषद्को स्वीकृतिअनुसार एक रुपियाँ दरको सिक्का ३० करोडवटा र दुई रुपियाँ दरका १० करोडवटा छाप्ने तयारी भइरहेको छ,’’ सहायक प्रवक्ता पोखरेलले भन्नुभयो।गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.