.धर्मेन्द्र कुशवाहा
हुलाकी न्यूज,महेन्द्रनगर:संसद विघटनको विरोधमा नेपाली काँग्रेसले धनुषाको महेन्द्रनगरमा बिरोध प्रदर्शन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बिपरित अलोकतान्त्रिक ढंगले सांसद विघटन गरेको भन्दै काँग्रेसले महेन्द्रनगरमा बिरोध र्यालि निकालेको हो।
पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार निकालिएको जुलुशमा सहभागीहरूले केपि चोर देश छोर, केपि ओलि मुर्दबाद, रास्ट्रपति बिद्या देबि भण्डारी मुर्दाबाद, रास्ट्रपति बिद्या देबि भण्डारी राजिनामा दे जस्ता नाराहरु लगाएका थिए।
महेन्द्रनगरस्थिती डिहबार मन्दिर नजिक बाट निकलिएको बिरोध जुलुस महेन्द्रनगर चोकको विभिन्न भाग परिक्रमा गर्दै पुन तेहि ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाइ सम्बोधन गर्दै क्षिरेस्वरनाथ नगरपालिका मेयर योगेन्द्र पजियारले प्रधानमन्त्रीले संविधान मिचेर गरेको प्रतिनिधीसभा विघटनको कार्य राष्ट्रघाती रहेको भन्नुभएका छन्।




