भारतको केरलको राजधानी तिरुवनन्तपुरमकी नयाँ मेयर केरलको मात्रै नभई पूरा देशकी कान्छी मेयर बन्ने भएकी छिन्। मार्क्सवादी कम्युनिष्ट पार्टी (सीपीएम) ले २१ वर्षकी आर्या राजेन्द्रनलाई यो पदका लागि विश्वास गरेको छ। आर्या तिरुवनन्तपुरमकी अर्की मेयर बनेर इतिहास रच्नेछिन् ।

आर्यालाई मेयर नियुक्त गर्ने निणर्य सिपिएम जिल्ला सचिवालयले लिएको हो । उनी हालै भएको नगर निकाय चुनावमा मुदवन्मुगलबाट वार्ड काउन्सिलर छानिएकी थिइन् । यो चुनावमा सिपिएमको तर्फबाट आर्या सबैभन्दा युवा प्रत्यासी थिइन् । देशको सबैभन्दा युवा मेयर बन्न लागेकी आर्या हाल बीएससी (गणित) की छात्रा हुन् ।

उनी हाल तिरुवनन्तपुरमको अल सेन्ट्स कलेजमा अध्ययनरत छिन् । राजनीतिक रुपमा निकै सक्रिय उनी स्टुडेन्ट फेडरेशन अफ इन्डियाकी राज्य समितिकी सदस्य हुन् । आर्याले यो निणर्यले आफ्नो पढाईमा बाधा नपुर्याउने विश्वास गर्दै राजनीतिक कार्य र पढाईलाई सँगसँगै लैजाने निणर्य गरेकी छिन् ।

कम उमेरमा पहिलो पटक काउन्सलरको चुनाव जित्दा पनि केरलको राजधानीको मेयर बन्ने उनको कहानी रोचक छ । वास्तवमा यो दौडमा दुई अनुभवी प्रत्यासी पनि अघि बढिरहेका थिए तर यी दुबै आ-आफ्ना इलाकामा चुनाव हारे ।

सबैभन्दा बढी साक्षार भएका राज्यको रुपमा परिचित केरलमा स्थानीय निकायको आधाभन्दा बढी सिट महिलाका लागि आरक्षित हुन्छ । यसअघि विके प्रशान्त राजधानी तिरुवन्नतपुरमका मेयर थिए र यसपटक पार्टीले चुनाव अघि नै महिलालाई नै मेयर बनाउने घोषणा गरेका थिए तर सिपिएमले दुई महिाल नेतालाई मेयरका लागि प्रोजेक्ट गरेको थियो ।

सिपिआईएमले हेल्थ स्ट्यान्डिङ कमेटीकी पूर्व अध्यक्ष पुष्पलता र टिचर्स युनियनकी प्रमुख एजी ओलेनालाई मेयरको प्रत्यासीको रुपमा अघि सारेको थियो । पुष्पलता र ओलेनाले चुनाव जित्न सकेनन् । यस्तोमा ठूलो परिवर्तन र भविष्यको चुनौतीलाई ध्यानमा राखेर यसपटक मुदवनमुकल वार्डबाट जितेर आएकी आर्याको नाम पार्टीले अघि सार्यो । उनले अत्यधिक समर्थन पनि पाइरहेकी छिन् र अब उनी देशकी कान्छी मेयर बन्ने भएकी छिन् ।

आर्याका पिता इलेक्ट्रिसियन हुन् र आमा श्रीलता एक बिमा कम्पनीकी एजेन्ट हुन् । आर्या ५ कक्षामा पढ्दा देखि नै राजनीतिमा उनको विशेष रुची थियो । उनको परिवार सिपिएमका ठूला समर्थक हुन् । आर्याका दाइ अरविन्द अटोमोबाइल इन्जिनियरिङ गरेपछि जागिर खाइरहेका छन् । उनी पनि सिपिएमका सदस्य हुन् । आर्यालाई पनि थुप्रै पटक उनका पितासँग राजनीतिक र्याली र सभामा भाग लिइरहेको देखिएको थियो ।

मेयरको पदमा सिपिएमकी वरिष्ठ नेता जमिला श्रीधरनका साथै दुई अन्य नेता पनि समावेश थिए तर उनीहरुले आफ्नै इलाकाबाट हार व्यवहोर्नु पर्यो ।एजेन्सी

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.