हुलाकी न्यूज, वीरगंज, १६ कार्तिक । वीरगंज नाकास्थित मैत्री पुलमा नाकाबन्दी गर्दै सुतिरहेका आन्दोलनकारीमाथि प्रहरीले आक्रमण गरेको छ । नाकामा २४ सै धर्ना दिने क्रममा मैत्री पुलमा सोमबार बिहान सुतिरहेका प्रदर्शनकारीमाथि प्रहरीले सुरुमा ढुंगामुढा र त्यसपछि लाठीचार्ज गरेको प्रदर्शनकारीले बताएका छन् ।
प्रहरीले प्रदर्शनकारीहरु सुतिरहेको पालमा पनि आगो लगाइदिएको प्रदर्शनकारीहरुको आरोप छ । उनीहरुले प्रहरीले प्रदर्शनकारीलाई जिउँदै जलाउन खोजेको आरेप लगाएका छन् । यस क्रममा केही प्रदर्शनकारी घाईते पनि भएका छन् ।
यता, बिहान ५ बजे नै प्रहरीले शान्तिपूर्ण धर्नामा बसेका प्रदर्शनकारीमाथि आक्रमण गरेपछि पर्साका गाउँगाउँबाट प्रदर्शनकारीहरु वीरगंज–रक्सौल नाकाको मैत्री पुलमा आउने क्रम जारी छ ।
देशको मुख्य नाका रहेको वीरगंज नाका विगत ३९ दिनदेखि पूर्ण रुपले ठप्प रहँदा राजधानी काठमाडौंलगायत देशभरमा पेट्रोलियम पदार्थलगायतका सामग्रीको अभाव भइसकेको छ ।








k p oli civilized his right and left hand civilized their teams are civilized and his work is showing on your news ( photo own self say )