हुलाकी न्यूज,राजविराज : सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा मिलको फित्तामा बेरिएर एक युवतीको मृत्यु भएको हो।
वडा नम्बर ६ कि १७ वर्षीया नेमियाकुमारी पण्डित आफैँले कुटानीपिसानीको मिल चलाउँदै गर्दा फित्तामा कपाल बेरिएर मृत्यु भएको छ।
कपाल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले बताए।प्रहरीका अनुसार मिलमा बेरिएर किशोरी गम्भीर घाइते भएपछि आफन्तले सुरुमा घटना लुकाउने प्रयास गरेका थिए,तर घटनालाई नजिकबाट देखिरहेको एक जना ट्रयाक्टर चालकले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
मृतक किशोरीको शव पोष्टमार्टमकालागि गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा राखिएको छ भने, घटनाको थप अनुसन्धान जारी रहेको डिएसपी सिंहले जानकारी दिए।




