हुलाकी न्यूज,काठमाडौं : नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त हुने भएको छ।

नेकपा विवाद र संसद विघटनपछि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । नेपाल आएलगत्तै टोलीले उच्चस्तरीय भेटघाट सुरु गरेको हो ।

चिनियाँ टोली अहिले नेकपा (प्रचण्ड(माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेको छ । अहले अध्यक्ष प्रचण्डसँग चिनियाँ टोलीको भेटवार्ता भइरहेको छ । प्रचण्डलाई भेटेपछि आजै अर्का अध्यक्ष माधवकुमार नेपाललाई चिनियाँ टोलीले भेट्दैछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.